न्यायाधीश त्यसरी पार्टी प्यालेसमा पुग्ने हो ?
janaaastha.com

जहाँ संविधान र कानुन मिचिन्छ, सार्वजनिक सरोकारका विषय उठ्छन्, त्यहाँ रिट दायर, बहसदेखि सामाजिक सञ्जालमा तिखो टिप्पणी गरेर चर्चामा आइरहने अधिवक्ता हुन्– दीपकराज जोशी । चाहे अधिकृत वारेसनामामा मनपरी शुल्क लगाइँदा होस् वा ललिता निवासको जग्गामा अनियमितताको उठान नै किन नहोस् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासँग सम्बन्धित मुद्दा अदालत लैजाने पनि उनै हुन् । उनले नै संसदका महासचिव पद्मप्रसाद पाण्डेको दोहोरो नागरिकता प्रकरण अदालत पुर्याए । अहिले पनि प्राकृतिक स्रोत तथा वित्त आयोगलाई अयोग्य व्यक्तिहरूको भर्तीकेन्द्र बनाइएको भन्दै उनैले हालेको मुद्दा विचाराधीन छ । भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम विभागको अनुमति लिनुपर्ने माग उनकै हो तर सर्वाेच्च अदालतले यसमा बोल्न खुट्टा कमायो । १४ वर्षदेखि कानुनी अभ्यास गरिरहेका दीपकराज जोशीले केही समय वरिष्ठ अधिवक्ता गान्धी पण्डित र यदुनाथ खनालहरूसँग थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)