झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
ratopati.com · Sat Jul 18 23:49:52 GMT 2026

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु ५ करोड ९ लाख ९ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)