मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग
barnanmedia.com · Sat Jul 18 23:51:07 GMT 2026

सरकारबाट पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँहरूले पुनःस्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको समस्या समाधान गर्न यस्तो माग गरिएको हो ।
कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले सरकारले पुनःस्थापनासम्बन्धी अधिकांश काम सम्पन्न गरी केही मुक्तकमैयाको जिम्मा स्थानीय तहमा हस्तान्तरण गरे पनि करिब आठ वर्षसम्म पनि समस्या समाधान नभएको बताउनुभयो । मुक्तकमैया समस्यालाई भूमिहीनसरह ठानेर स्थानीय तह वा भूमिसम्बन्धी आयोगबाट समाधान हुने भने पनि त्यसो नभएको भन्दै अधिकारसम्पन्न छुट्टै निकाय आवश्यक रहेको उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)