साकाको ह्याट्रिकमा फ्रान्सलाई ६-४ ले हराउँदै इंग्ल्यान्ड विश्वकपको तेस्रो
aarthiknews.com
काठमाडौं । बुकायो साकाको ह्याट्रिक प्रेरणामा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। मियामी स्टेडियममा शनिबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफमा ४–० को अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा फ्रान्सको पुनरागमन प्रयासलाई विफल पार्दै कांस्य पदक जित्यो।
खेलको तेस्रो मिनेटमै डेक्लान राइसले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। १८औं मिनेटमा एज्री कोन्साले अर्को गोल थपे। त्यसपछि बुकायो साकाले ३७औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई विश्रामसम्म ४–० को बलियो अवस्थामा पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)