भारी वर्षाको चेतावनी : कोशी ब्यारेजका ढोका खोल्ने तयारी, २१ जिल्ला उच्च बाढी जोखिममा
newsofnepal.com · Sun Jul 19 01:14:16 GMT 2026

काठमाडौं ।
लगातारको मनसुनी वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले उच्च सतर्कता अपनाउन सबै निकायलाई निर्देशन दिएको छ। पूर्वी तथा मध्य नेपालका नदी–नालामा जलसतह तीव्र रूपमा बढ्ने सम्भावना रहेकाले कोशी ब्यारेजका थप ढोका खोल्ने तयारी गरिएको छ भने २१ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोशी, नारायणी, बागमती, कमला, कन्काई, अरुण, तमोर, सुनकोशीलगायत नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)