एम्बाप्पे बने फिफा विश्वकपको सर्वाधिक गोलकर्ता
shilapatra.com · Sun Jul 19 01:12:00 GMT 2026
फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्पे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पे अर्जेन्टिनाका महान खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै विश्वकपको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि आइतबार बिहान अमेरिकामा भएको खेलमा इङ्ग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि एम्बाप्पेले यो उपलब्धि हासिल गरेका हुन् । इङ्ग्ल्यान्डविरुद्ध गरेको दुई गोलसहित एम्बाप्पेको फिफा विश्वकपमा २२ गोल पुगेको छ ।