अब धुलिखेलमा पनि गर्न सकिन्छ ‘प्याराग्लाइडिङ’
pahilopost.com · Sun Jul 16 03:15:49 UTC 2023

काभ्रे : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो।
उक्त व्यावसायिक प्याराग्लाइडिङ उडानको पूर्व मन्त्री एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले शनिवार शुभारम्भ गरे। उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)