एक वर्षमा २ लाख ७२ हजारभन्दा बढीले घुमे चितवन निकुञ्ज
kendrabindu.com · Sun Jul 19 01:19:03 GMT 2026

चितवन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या २ लाख ७२ हजार ९२३ पुगेको छ । चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या कात्तिक महिनामा उच्च रहँदै क्रमशः घट्थ्यो । कात्तिकपछि प्रायः चैतमा धेरै पर्यटक घुम्न आउँथे । यो पटक पनि कात्तिकमा धेरै पर्यटक आएका छन् । गर्मी महिना वैशाख र जेठमै पनि पर्यटकको संख्या उच्च रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष ०८२/८३ मा सबैभन्दा धेरै स्वदेशी पर्यटक १ लाख ६१ हजार ३७५ जनाले चितवन निकुञ्ज घुमेका छन् । त्यसपछि विदेशी ८८ हजार ६६५ जनाले चितवन निकुञ्ज घुमेका छन् । सार्क देशका २२ हजार ८८३ जनाले निकुञ्ज घुमेको सूचना अधिकारी थापा मगरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)