शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
nepalnews.com · Sun Jul 19 01:39:22 GMT 2026
महेन्द्रनगर । नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्रा शुभारम्भ गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)