कलेज पढ्दै साइबर सुरक्षा सिक्ने अवसर: बगभीले सुरु गर्यो ‘स्टुडेन्ट एम्बेसडर प्रोग्राम’
techpana.com · Sun Jul 19 01:42:32 GMT 2026

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी ‘बगभी’ले कलेज र विश्वविद्यालयमा पढ्ने विद्यार्थीका लागि एक वर्षको ‘बगभी स्टुडेन्ट एम्बेसडर प्रोग्राम’ सुरु गरेको छ । आजको डिजिटल युगमा साइबर सुरक्षा निकै महत्त्वपूर्ण भएकाले विद्यार्थीलाई यसबारे सचेत गराउन र उनीहरूमा नेतृत्व क्षमता बढाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो कार्यक्रम केवल प्रचारप्रसारमा मात्र सीमित नभएर विद्यार्थीको सिकाइ, नेतृत्व र साइबर सुरक्षाको सचेतनामा केन्द्रित हुनेछ । “एक वर्षसम्म चल्ने यस कार्यक्रममा नेपालभरका विभिन्न कलेजका विद्यार्थीलाई सहभागी गराउनेछौं,” कम्पनीले भनेको छ , “हाम्रो उद्देश्य भनेकै कलेजमा पढ्ने विद्यार्थी र प्रविधि क्षेत्रका विज्ञलाई एकै ठाउँमा ल्याउने हो । यसमा सहभागी विद्यार्थीले साइबर सुरक्षाका बारेमा व्यवहारिक विषय सिक्न, विभिन्न तालिम तथा सेमिनारमा सहभागी हुन र नयाँ मानिससँग सम्पर्क बढाउन पाउनेछन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)