जोर्डनमा अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकाको भीषण हवाई आक्रमण, विश्वभर अमेरिकी नागरिकलाई उच्च सतर्कता
aarthiknews.com

काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी ड्रोन र मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी वायुसेनाले इरानविरुद्ध नयाँ तथा व्यापक हवाई सैन्य अभियान सुरु गरेको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डले शुक्रबार साँझदेखि राष्ट्रपति ट्रम्पको प्रत्यक्ष निर्देशनमा इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण सुरु गरिएको जानकारी दिएको हो। अमेरिकाका अनुसार यो अभियानको उद्देश्य होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्नुका साथै अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका संरचना र क्षमतालाई कमजोर बनाउनु हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)