नारायणगढ–मुग्लिन सडकमा बस दुर्घटना, यातायात पुनः अवरुद्ध
nepalviews.com · Sun Jul 19 02:12:36 GMT 2026

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलविरेमा दुईवटा बस एकआपसमा ठोक्किएपछि सो सडक खण्डको आवागमन फेरि ठप्प भएको छ। शनिबार राति १० बजेदेखि बन्द गरिएको उक्त सडक आज बिहान मात्रै सुचारु गरिएको थियो। तर, सडक खुलेको केही समय नबित्दै दुर्घटना भएपछि पुनः यातायात सेवा अवरुद्ध हुन पुगेको हो।
यस दुर्घटनाका कारण बिहानैदेखि गन्तव्यका लागि छुटेका सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। सडक डिभिजन भरतपुरले अहिले सडकमा रहेको सवारीको चाप हटाउन र दुर्घटनाग्रस्त सवारीसाधनलाई पन्छाएर बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ। निरन्तरको वर्षा र सडकको नाजुक अवस्थालाई ध्यानमा राख्दै चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासनको पालना गर्न आग्रह गरिएको छ। अहिले सडक खुलाउने प्रयास भइरहेकाले यात्रुहरूलाई यात्राको क्रममा विशेष सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)