जब नेपाल टेलिकमको टावरमाथि चढेर युवकले साथीलाई फोन गरे...
annapurnapost.com · Sun Jul 19 02:38:15 GMT 2026

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि एक युवक चढेका छन् । गएराति ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता नगरपालिका -९ बकैनियाका २४ वर्षीय अफसर आलम चढेका हुन् ।
टावरमाथि चढेर साथीलाई फोन गरेपछि घटना बाहिरिएको हो । आलमलाई सकुशल उद्धार गर्नका लागि टेलिकम परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहारी प्रयास गरिरहेका छ्न्। सुरक्षाकर्मीहरु युवकसँग फोन संवादगरी तल आउनका लागि भने पनि युवक तल आउन मानेका छैन । आलम टावरमाथि किन चढेका हुन् भने अहिलेसम्म खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)