विश्वकप २०२६: सामाजिक सञ्जालमा हानिकारक पोस्ट र कमेन्टमा १४ गुणा वृद्धि, ७० लाख सामग्री हटाइए
techpana.com · Sun Jul 19 02:36:23 GMT 2026
काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा गत संकरण अर्थात सन् २०२२ को विश्वकपको तुलनामा हानिकारक पोस्ट र कमेन्ट १४ गुणा बढी देखिएका छन् । फिफाको अध्ययन अनुसार यस वर्षको विश्वकप अवधिमा ७० लाखभन्दा बढी हानिकारक सन्देश (पोस्ट र कमेन्ट) पहिचान गरी हटाइएको छ ।
यो संख्या अघिल्लो विश्वकपमा हटाइएका ४ लाख ७० हजार यस्ता हानिकारक पोस्ट र टिप्पणीको तुलनामा निकै ठुलो वृद्धि हो । फिफाका अनुसार सन् २०२६ को विश्वकपमा २ लाखभन्दा बढी दुर्व्यवहारपूर्ण र धम्कीपूर्ण पोस्ट तथा टिप्पणी फेला परेका छन् । यो संख्या कतारमा सन् २०२२ मा भएको विश्वकपमा रेकर्ड गरिएका १९ हजार ६०० यस्ता पोस्ट तथा टिप्पणीको तुलनामा निकै बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)