संसद्को भूमिका प्रभावकारी बनाउन एमालेले आज सांसदहरूसँग अन्तरक्रिया गर्ने
baahrakhari.com · Sun Jul 19 02:34:00 GMT 2026

काठमाडौं । संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउन नेकपा (एमाले) ले आइतबार (साउन ३) संसदहरूसँग अन्तरक्रिया गर्दै छ ।
पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)