ककरोच पार्टीका संस्थापक दीपकेले गरे आमरण अनशनको घोषणा
kendrabindu.com · Sun Jul 19 02:41:58 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीको जन्तर–मन्तरमा २० दिनदेखि आमरण अनशन बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार बलपूर्वक हटाएर अस्पताल लगेपछि दीपकेले यस्तो घोषणा गरेका हुन् ।
५९ वर्षीय वाङ्चुक गत जुन २८ देखि सीजेपीको समर्थनमा आमरण अनशनमा थिए । पार्टीले भारतको महत्त्वपूर्ण नीट परीक्षाको प्रश्नपत्र चुहावटको जिम्मेवारी लिँदै भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)