जोर्डनमा भएको इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
nepalviews.com · Sun Jul 19 02:42:52 GMT 2026

एजेन्सी । जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार आक्रमणमा परी घाइते भएका चारजना सैनिकलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। युद्ध सुरु भएयता अमेरिकी सैनिकतर्फको यो ठूलो क्षति हो । यससँगै द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ।
आक्रमणको जवाफमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले लगातार आठौं दिन पनि इरानविरुद्ध हवाई आक्रमण तीव्र पारेको छ। अमेरिकाले यस आक्रमणलाई इरानद्वारा होर्मुज जलमार्गमा हुने व्यावसायिक ढुवानीमाथिको अवरोधलाई कम गर्ने र आफ्ना सैनिकमाथिको प्रहारको बदला लिने उद्देश्यका साथ गरिएको जनाएको छ। आक्रमणमा संलग्न इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई निसाना बनाइएको अमेरिकाको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)