रुसमा युक्रेनको ड्रोन आक्रमण : नौजनाको मृत्यु, ८० भन्दा बढी घाइते
baahrakhari.com · Sun Jul 19 02:43:30 GMT 2026

काठमाडौं । युक्रेनले रुसका विभिन्न क्षेत्रमा व्यापक ड्रोन आक्रमण गरेको छ । रुसी अधिकारीहरूका अनुसार रातभरि र शनिबार दिउँसो भएका आक्रमणमा नौजनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।
युक्रेनी ड्रोनहरूले रुसका दुई ठूला गोदामलाई निशाना बनाएका हुन् । तीमध्ये एउटा मस्कोको पूर्वमा रहेको छ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई कमजोर पार्ने र युद्धको असर रुसी नागरिकसम्म पुर्याउने उद्देश्यले यस्ता आक्रमणलाई तीव्र बनाएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)