भोटेकोशी बाढी : सिन्धुपाल्चोकका २२४ सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 10:58:31 GMT 2026

सिन्धुपाल्चोक । भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिए।
त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)