विराटनगर भन्सारको राजश्व असुलीमा सुधार
kendrabindu.com · Sun Jul 19 02:50:32 GMT 2026

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको राजश्व लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत मात्र संकलन गर्न सकेको छ। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व असुलीको प्रतिशतमा सुधार देखिएको छ।
प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। त्यसमध्ये ३५ अर्ब ३६ करोड रुपैयाँ राजश्व असुल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)