इरानी सेनाको आक्रमणमा परि दुई अमेरिकी सैनिकको मृत्यु
annapurnapost.com · Sun Jul 19 02:44:31 GMT 2026

काठमाडौं : जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक अझै बेपत्ता भएका छन् । जुन घटनाको आधिकारी पुष्टिअमेरिकी सैन्य अधिकारीहरूले गरेका हुन् ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप) का अनुसार, आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो, जसमध्ये सामान्य चोट लागेका सैनिकहरू भने पुनः आफ्नो ड्युटीमा फर्किएका छन् । सुरक्षा संवेदनशीलता र परिवारको सम्मानका लागि अमेरिकी सेनाले मृतकहरूको पहिचान र घटनास्थलको विस्तृत विवरण अहिले सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)