जलबिरेमा तीनवटा बस एकआपसमा ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
nepalnews.com · Sun Jul 19 02:37:49 GMT 2026

मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरेमा तीनवटा बस ठोक्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)