जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
nepalnews.com · Sun Jul 19 03:08:46 GMT 2026

दाङ । तुलसीपुरमा जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको आज मृत्यु भएको हो।
गत असार ३१ गते जंगलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो। अन्य पाँच जनालाई अस्पताल लगिएको थियो । बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)