नेपाल लाइफ इन्स्योरेन्सको "Leadership Excellence Awards 2026" सम्पन्न
annapurnapost.com · Thu Aug 27 10:52:01 GMT 2026

काठमाडौं : नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती ( २५औँ वार्षिकोत्सव ) को विशेष अवसरमा आयोजना गरेको "Leadership Excellence Awards 2026" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। "Everest Year – Clouds and Beyond" मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२ / ८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल , विमल प्रसाद ढकाल , प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास , स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताउँदै , आर्थिक वर्ष २०८२ / ८३ मा कम्पनीले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income – FPI) संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिए। उनले यसलाई अभिकर्ता , एजेन्सी म्यानेजर , कर्मचारी तथा ग्राहकहरूको विश्वास र परिश्रमको प्रतिफल भएकाे उल्लेख गर्दै २०८३ / ८४ का लागि "Everest Year – Clouds and Beyond" अभियान रहेको जनाउँदै कम्पनीको भावी यात्राको मार्गचित्र प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)