जलबीरे बस दुर्घटनामा २५ बढी घाइते, उद्धार हुँदै
onlinekhabar.com · Sun Jul 19 03:10:28 GMT 2026

३ साउन, चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएकान छन् । प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि संख्या यकिन गरेको छैन ।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट दाङ जाँदै गरेका दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौं जाँदै गरेको बा.प्र. ०३ ००१ ख १६७१ नम्बरको बस हो । दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन । सोही बसका चालक गम्भीर घाइते छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)