सरकारलाई बाबुरामको सुझाव- ‘ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्किन्छ’
nepalviews.com · Sun Jul 19 03:19:21 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई सुशासन र समृद्धिको एजेन्डामा मात्रै केन्द्रित हुन सुझाव दिएका छन्। संविधानको धारा २४५ संशोधन गर्ने कार्यदलको प्रतिवेदनलाई संकेत गर्दै भट्टराईले एकैपटक धेरै क्षेत्रमा हात हाल्नुभन्दा देशको वास्तविक समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन्।
‘एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन, ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ,’ भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारलाई सचेत गराएका छन्। नयाँ सरकार गठनसँगै आम नागरिकमा बढेको ठुलो जनअपेक्षालाई सम्बोधन गर्न सरकारले सुशासन र समृद्धिमै आफ्नो ‘एकलव्य दृष्टि’ लगाउनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)