दाङका २२ सम्पर्कविहीनमध्ये पाँच जना सम्पर्कमा
reportersnepal.com · Thu Aug 27 10:55:48 GMT 2026

दाङ, ११ भदौ । रसुवास्थित भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकाका तिलक चौधरी र रामकुमार चौधरी, राजपुर गाउँपालिका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा घर भई तुलसीपुर बस्दै आउनुभएका ध्रुव बुढामगर सम्र्पकमा आउनुभएको छ । उहाँ सकुशल रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)