जलबीरे बस दुर्घटना: २५ भन्दा बढी घाइते, सडक सुचारु
nepalviews.com · Sun Jul 19 03:31:02 GMT 2026

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत जलबीरेमा दुईवटा बस र ट्रक एकापसमा ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १६७१ नम्बरको बस, दाङका लागि छुटेको अर्को बस र एउटा ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी दाङ जाने बसका चालकको अवस्था गम्भीर रहेको छ।
दुर्घटनापछि पूर्ण रूपमा अवरुद्ध भएको सडकखण्डमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोलीले तत्कालै उद्धार कार्य थालेको थियो। उद्धार कार्यपछि अहिले सडक दुवैतर्फ सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)