भारतबाट ६ हजार २ सय ७० टन डीएपी मल आउँदै
kendrabindu.com · Sun Jul 19 03:38:25 GMT 2026

विराटनगर । धान रोपाइँको मुख्य सिजनमा कोशी प्रदेशमा देखिएको रासायनिक मल अभाव केही कम हुने भएको छ । ६ हजार २ सय ७० मेट्रिक टन डीएपी मल बोकेका सात वटा ट्रक कोलकाताबाट नेपालतर्फ प्रस्थान गरेको कृषि सामग्री कम्पनी लिमिटेड कोशीका निमित्त प्रमुख कमल पोखरेलले जनाए। पोखरेलले भने, ‘मल बढीमा तीन दिनभित्र नेपाल आइपुग्नेछ।’
मल आएपछि तत्काल प्रदेशका शाखामा ढुवानी गरी किसानलाई वितरण सुरु गरिने उनले बताए । उनका अनुसार धान रोपाइँका बेला सबैभन्दा बढी आवश्यक पर्ने मल डीएपी हो। युरिया भने धान रोपेको करिब २२ दिनपछि मात्रै प्रयोग गरिने भएकाले डीएपीपछि युरियाको आपूर्ति गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)