‘निर्णय गलत भए सच्याउन सकिन्छ, नियत बिग्रियो भने गाह्रो हुन्छ’ : रवि लामिछाने
barnanmedia.com · Sun Jul 19 03:29:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका निर्णयमा त्रुटि हुन सक्ने भए पनि सरकारको नियत जनताको हितमा हुनुपर्ने बताएका छन्। शुक्रबार रौतहटका पार्टी नेता तथा कार्यकर्तासँगको छलफलमा उनले जनतालाई हानि पुग्ने कुनै पनि निर्णय आवश्यक परे तत्काल सच्याउन सकिने स्पष्ट पारे।
उनले सरकारको उद्देश्य सधैं जनताको हितमा रहने उल्लेख गर्दै कार्यान्वयनका क्रममा कहिलेकाहीँ समस्या देखिन सक्ने बताए। “सरकारले लाभ होस् भनेर गरेको निर्णयले यदि जनतालाई हानि पुर्यायो भने त्यसलाई परिवर्तन गर्न सकिन्छ। निर्णय गलत भए सच्याउन सकिन्छ, तर नियत बिग्रियो भने त्यसलाई सच्याउन निकै गाह्रो हुन्छ,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)