चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
ratopati.com · Thu Jun 04 11:48:15 GMT 2026

चितवन । पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका–९ स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार ल्याउने तयारी भइरहेको छ ।
वन तथा वातावरणमन्त्री गीता चौधरीले आफ्नो कार्यभार सम्हालेपछि गरेका पहिलो चार निर्णयमध्ये कृष्णसार स्थानान्तरणका विषयलाई प्राथमिकतामा राखेपछि सात वर्षअघि रत्ननगर नगरपालिकाले अघि बढाएको अभियानले मूर्तरूप पाउन लागेको छ । केही समयअघि प्राविधिक टोलीले संरक्षण केन्द्र वरिपरि रहेका केही भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनुपर्ने सुझाव दिएपछि सो प्रक्रिया अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)