सरकारले संसद्लाई बुझायो १६६ कानुन बनाउने सूची, पहिलो प्राथमिकतामा ६४ वटा कानुन बनाउने
kendrabindu.com · Sun Jul 19 04:14:21 GMT 2026

काठमाडौं । सरकारले यो वर्ष १६६ वटा कानुन बनाउने गरी सूची संसद् सचिवालयमा बुझाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सबैभन्दा बढी १७, पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १६–१६ वटा कानुन बनाउने सूची सरकारले संसद् सचिवालयमा दर्ता गराएको छ ।
त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयबाट १५–१५ वटा, कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट १३ वटा कानुन बनाउने सूची दर्ता भएको छ । गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ११–११ वटा, शिक्षा तथा खेलकुद मन्त्रालयबाट ९ वटा, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ८ वटा, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट ७ वटा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)