जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
nepalsamaya.com · Sun Jul 19 04:21:57 GMT 2026

चितवन- नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)