धनुषामा तीन सय ७७ उद्योग बन्द
deshsanchar.com · Wed Aug 21 17:15:12 UTC 2024

जनकपुरधाम – धनुषामा ०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन्। गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिव नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नविकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)