जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते
kalakarmi.com · Sun Jul 19 04:23:50 GMT 2026

काठमाडौं- मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)