खुश्बुलाई आकांक्षाको प्रश्न : आफैँ हाँसी हाँसी ‘मेरो प्रेम चरीसँग थियो’ भनेर अन्तर्वार्ता दिँदै हिँडेको होइन ?
nagariknews.nagariknetwork.com · Sun Jul 19 04:20:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ आकांक्षा पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई तत्काल रिहा गर्न माग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले साइबर कानुनको प्रयोगमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएकी छन्। उनी भन्छिन्, ‘यदि सामाजिक सञ्जालमा लेखिएको अभिव्यक्तिका आधारमा कुनै पनि नागरिकलाई साइबर अपराधको मुद्दा चलाइन्छ भने, कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। यसर्थ लेखेको आधारमा कारबाही गरिन्छ भने, सर्वप्रथम संसदको गरिमामय रोस्ट्रमबाट च्याट जिपिटीको सहायतामा तिन कान्ला उफ्रदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति अपमानजनक तथा विवादास्पद अभिव्यक्ति दिने सांसदको पनि निष्पक्ष कानुनी परीक्षण हुनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)