भैरहवा भन्सारमा लक्ष्यको ९२.४ प्रतिशत राजश्व संकलन
kendrabindu.com · Sun Jul 19 04:36:36 GMT 2026

भैरहवा । मुलुकको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा १ खर्ब ५ अर्ब २ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो संकलन भैरहवा भन्सारको लक्ष्यको ९२ दशमलव ४ प्रतिशत हो । भैरहवा भन्सार कार्यालयका अनुसार आव २०८२/०८३ मा १ खर्ब १३ अर्व ६७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो ।
अघिल्लो आव २०८१/०८२ को तुलनामा आव २०८२/०८३ मा १३ दशमलव २ प्रतिशतले बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा ९२ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)