अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा
nepalviews.com · Sun Jul 19 04:34:57 GMT 2026

रामेछाप । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुक्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सकिएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)