विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी
nepalviews.com · Sun Jul 19 04:43:44 GMT 2026
काठमाडौं । जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन् । उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन हाबी हुने विश्वास व्यक्त गरेका हुन् ।
स्पेनिस सञ्चारमाध्यम मार्काले ट्रिबुना डटकमलाई उद्धृत गर्दै जनाइएअनुसार सन् २०१४ का विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट प्रदर्शन, रणनीतिक अनुशासन र समग्र टोलीगत सन्तुलनका कारण प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली उपाधिको बलियो दाबेदार रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)