सुकुम्बासी बस्ती हटाउने विषयमा कार्यवाहक मेयर डंगोलको आग्रह: ‘कानूनसम्मत र मानवीय ढंगले अघि बढ्नुपर्छ’
barnanmedia.com · Sun Jul 19 04:41:41 GMT 2026

प्रधानमन्त्री बालेन शाहले काठमाडौंका खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्ती आउँदो शनिबार र आइतबारभित्र खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएपछि सुरक्षाकर्मीहरुपनि तत्काल खटिए । यसले ठूलो तरंग पैदा गरेको छ। महानगरीय प्रहरी त माइकिङ गर्दैपनि पुगेको छ । यसले सुकुम्बासी बस्तीमा झडप त हुने होइन भन्ने चासो र चिन्ता बढेको छ।
यसैबीच काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनीता डंगोलले सुकुम्बासी बस्ती हटाउनेबारे जानकारीमा आएको बताएकी छन्। उनले आफूपनि बस्ती हटाउने पक्षमा रहेपनि बस्ती हटाउने नाममा अमानवीय कार्य गर्न नहुने र मानिसहरूलाई लछारपछार गर्न नहुने बताउँछिन् । यो कुरा मेरो जानकारीमा आएको छ, उनले भनिन्, सुकुम्बासी समस्या समाधान गर्नुपर्छ भन्नेमा शंका छैन। तर त्यसका लागि कानून र प्रक्रियासम्मत ढंगले अघि बढ्नुपर्छ। बस्ती खाली गराउने नाममा कुनै पनि किसिमको अमानवीय कार्य गर्नु हुँदैन। उनले थप भनिन्, त्यहाँ रहेका केटाकेटी, महिला, वृद्धहरूलाई लछारपछार पार्ने अवस्था आउन दिनु हुँदैन। यसले झन् द्वन्द्व बढाउने काम गर्छ। म सहजिकरणको प्रयासमा छु उनले भनिन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)