एआई सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ नेपालमा पनि
ictsamachar.com

काठमाडौं । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म भिलले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको घोषणा गरेको छ । यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममार्फत जोड्ने नयाँ अध्यायको सुरुवात गरेको छ ।
भिलले व्यवसाय र क्रिएटर बीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्लेटफर्म उपलब्ध गराएको छ । यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो एडिट तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)