आज बढ्यो सुनको भाउ
himalpress.com · Sun Jul 19 05:24:25 GMT 2026

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी ४० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ।
गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)