बाढीले बगाउँदा खोटाङमा दुईको मृत्यु
barnanmedia.com · Sun Jul 19 05:23:32 GMT 2026

बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राईलाई घर नजिकै छाङ्गे खोलामा मृत अवस्थामा भेटिएको थियो । यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिला गैरी गाउँस्थित ७१ वर्षीय पर्शुराम परियार खहरे खोल्सा तर्नेक्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)