गगन थापाको उद्घोष– सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ
shilapatra.com · Sun Jul 19 05:41:32 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गरेका छन् । आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।
तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे । कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)