इजरायल र लेबनानबीच युद्धविरामको सहमति, हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने सर्त
shilapatra.com · Thu Jun 04 00:37:24 GMT 2026
इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यो सहमति हिजबुल्लाहले इजरायलविरुद्धका सबै आक्रमण पूर्ण रूपमा रोक्ने सर्तमा आधारित रहेको बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार दुवै देशले सीमा क्षेत्रमा तनाव कम गर्न र दीर्घकालीन शान्तिको आधार तयार गर्न सहमति जनाएका छन् । सम्झौताअनुसार दक्षिणी लेबनानको लिटानी नदी र इजरायली सीमाबीचको क्षेत्रमा रहेका हिजबुल्लाहका सबै लडाकुहरू हटाउनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)