जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
ratopati.com · Sun Jul 19 05:54:44 GMT 2026

काठमाडाैँ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।
पश्चिम एसियामा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको हो । युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)