स्याङ्जामा ८२ प्रतिशत रोपाइँ सकियो
onlinekhabar.com · Sun Jul 19 05:50:15 GMT 2026

३ साउन, स्याङ्जा । स्याङ्जामा असार मसान्तसम्म ८२.२९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश उत्तरी भेगमा रोपाइँ सकिए पनि दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाइँ जारी छ ।
कृषि विकास कार्यालय स्याङ्जाका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये ११ हजार २५० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)