सुनचाँदीको मूल्य वृद्धि
nepallive.com · Sun Jul 19 05:45:22 GMT 2026

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा रु. एक हजार ९०० र चाँदी रु. ४० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु. चार हजार २४० निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)