बाल सुधारगृहलाई पुनर्स्थापना केन्द्रका रूपमा विकास गरिने
baahrakhari.com · Sun Jul 19 05:56:42 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधारगृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आइतबार (साउन ३) सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बाल सुधारगृहलाई दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताएकी हुन् ।
हाल देशभर भक्तपुर, मोरङ, पर्सा, मकवानपुर, कास्की, रूपन्देही, बाँके (जयन्दु र नौबस्ता), डोटी र नुवाकोटमा गरी १० बाल सुधारगृह सञ्चालनमा छन् । ती सुधारगृहहरूको कुल क्षमता एक हजार ८५ छ । तर, हाल एक हजार १९५ बालबालिका त्यहाँ आश्रित रहेका उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)