इरान युद्धमा ट्रम्पलाई झट्का, युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित
shilapatra.com · Thu Jun 04 00:47:12 GMT 2026

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स)ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग सम्बन्धित युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ । ट्रम्प प्रशासनको इरान नीति र युद्ध सञ्चालनप्रति यो महत्त्वपूर्ण असहमतिको संकेतका रूपमा हेरिएको छ ।
प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित भएको हो । मतदानमा रिपब्लिकन सांसदहरू थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले पार्टीको आधिकारिक धारणाविपरीत गएर प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)